यार्सा टिप्न गएकी युवतीको लेक लागेर मृत्यु

रुकुम पश्चिम | जेठ १५, २०८१

यार्सा टिप्न गएकी युवतीको लेक लागेर मृत्यु

रूकुम पश्चिम:    यार्सागुम्बा टिप्न डोल्पा गएकी रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ गोतामकोटकी जमूना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ।


डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए। उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्। 


‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फर्किदै गर्दा मृत्यु भएको हो,’ वडाध्यक्ष विष्टले भने, ‘सशस्त्र प्रहरी बलको सहयोगमा र्गए राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो।’


अहिले अस्पतालमा पोष्टमर्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टमर्टम पश्चात् शव गोतामकोटमा ल्याइने बताए।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्